Indrenionline.com

जथाभावी राखिएका पसल हटाउछौं : नगर प्रमुख पाण्डे

तुलसीपुर, २२ पुस । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले जथाभावी गल्ली गल्लीमा राखिएका वजार तत्काल हटाइने वताएका छन् ।

उपमहानगरपालिकाले तरकारी तथा फलफुल वजार निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै नगरप्रमुख पाण्डेले आफुलाई मन लागेको ठाउँमा कसैले पनि पसल थाप्न नपाउँने वताए । “वजारलाई सुन्दर र व्यवस्थित वनाउनु सबै नागरिकको दायित्व हो ” नगरप्रमुख पाण्डेले भने । उनले वजारमा नियम विपरित ठेलामा व्यवसाय गरिरहेको वताउँदै व्यवस्थित ढँगले त्यसको नियमन गरिरहेको वताए ।

उपमहानगरपालिकामा तरकारी तथा फलफुल व्यवसायीले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा वोल्दै नगरप्रमुख पाण्डेले सडक ओगटेर कसैले पनि व्यवसाय गर्न नपाउने कुरामा जोड दिए । उनले तरकारीमा विचौलियाको प्रवेशलाई रोक्न आवश्यक रहेको वताउँदै किसानको उत्पादन प्रत्यक्ष रुपमा व्यापारीहरुले किन्ने वातावरण निर्माणका लागि तुलसीपुरमा फलफुल तथा तरकारी वजार निर्माण गर्न लागेको वताए । वडा नम्वर ५ का वडाध्यक्ष विरेन्द्र शाहले अटेर गर्नेहरुलाई कारवाही गरेर भएपनि वजार व्यवस्थापन गरिने वताए ।

कार्यक्रममा तरकारी व्यापारी झुपलाल खड्काले किराना पसलमा पनि तरकारी वेचिने गरेको वताउँदै तरकारी विक्रीका लागि निश्चित ठाउँ वनाउनुपर्ने कुरामा जोड दिए । अर्का व्यवसायी माधव घिमिरेले किसानहरुलाई तरकारी वेच्नका लािग निश्चित ठाउँ वनाउनुपर्ने कुरा वताए ।

किसान दोलखवहादुर खत्रीले भारतको तरकारीका कारण स्थानीय किसानहरु मर्कामा परेको वताउँदै तरकारी गुणस्तर जाँच हुनुपर्ने कुरामा जोडदिए । उनले स्थानीय तरकारी खपत नहुँदा सम्म वाहिरको तरकारी भित्रन नदिने वातावरण निर्माणका लागि उपमहानगरपालिकालाई आग्रह गरे ।

अर्का किसान नवराज रावतले विचौलियाका कारण आफुहरु मर्कामा परेको वताए । तरकारीको मुल्य निर्धारण गर्दा लागत मुल्यलाई ख्याल गर्नुपर्ने उनको भनाई थियो ।

यसैविच तरकारी तथा फलफुल वजार व्यवस्थापनका लागि कार्यविधि वनाउनकालागि उपभोक्ता तथा हित संरक्षण शाखा प्रमुख नारायण रेग्मीको संयोजकत्वमा किसान, व्यवसायी रहेको समिति समेत वनाइएको छ ।