Indrenionline.com

युवतीहरुलाई जवरजस्ती वेश्याबृतिमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

इन्द्रेणी संवाददाता
दाङ, २२ पुस । दाङको तुलसीपुरमा एक जना होटल सञ्चालकले जवरजस्ती युवतीहरुलाई वेश्याबृतिमा लगाएको आरोपमा पक्राउ गरेको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ घर भई न्यूरोडमा न्यू फुलवारी होटल सञ्चालक थुमलाल चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । एक जना पीडित युवतीले दिएको सूचना र जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनको होटलमा प्रहरीले खानतलासी लिएपछि अर्का एक जना पीडित महिला फेला परेको समेत प्रहरीले जनाएको छ । होटल सञ्चालक चौधरीलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई शनिवार पक्राउ गरिएको हो ।