इन्द्रेणी संवाददाता
दाङ, २२ पुस । दाङको घोराहीमा पहिलो पटक हुन लागेको ‘प्रादेशिक माघ महोत्सव २०७५’ को तयारी तीब्र बनाएको छ ।
यही पुस २६ र २७ हुने महोत्सवको तयारी तीब्र बनाइएको हो ।
यसैबीच महोत्सवमा मगर र नेवार समुदायको नाच पनि प्रदर्शनी गरिने कार्यक्रम रहेको संयोजक चौधरीले बताए । महोत्सवमा ३ वटा प्रदेशको थारु मघौटा नाच, लठहा नाच, राना थारुको नाच प्रदशनि गरिने कार्यक्रम रहेको महोत्सव प्रचार प्रसार संयोजक सन्तोष दहितले जानकारी दिए ।
संयोजक दहितका अनुसार प्रदेश नं। ५ को दाङ, बाँके, वर्दिया, कपिलबस्तु, रुपेन्देहि, कर्णाली प्रदेशको सुर्खेत र अखण्ड सुदुर पश्चिमका कैलाली र कन्चनपुर जिल्ला को नाच प्रदर्शनी गरिने भएको छ ।