इन्द्रेणी संवाददाता
दाङ, २० पुस । उच्च अदालत तुलसीपुरले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको शुल्कबृद्धिको निर्णय तत्काल कार्यान्वायन नगर्न प्रतिष्ठानका नाममा आदेश जारी गरेको छ ।
प्रमुख निवेदक घोराही उपमहाननगरपालिका १४ का मदनकुमार ओली तथा निवेदकहरु घोराही १५ का अधिवक्ता सुदीप गौतम र घोराही १७ का विवेक श्रेष्ठले प्रतिष्ठानको निर्णयका बिरुद्ध बिहीवार उच्च अदालत तुलसीपुरमा रिट दायर गरेका थिए । प्रतिष्ठानले पुस १७ गतेदेखि लागु हुने गरी सेवा शुल्कमा चर्काे बृद्धि गरेको थियो ।