इन्द्रेणी संवाददाता
दाङ, १९ पुस । दाङ जिल्ला उद्योग वाणिज्य संघले राप्ती स्वस्थ्य विज्ञान प्रतिष्ठानले यही पुस १७ गतेदेखि लागु हु्ने गरी बृद्धि गरेको सेवा शल्कप्रति आपत्ती जनाएको छ ।
यसैगरी नागरिक समाज दाङले पनि प्रतिष्ठानलाई आफ्नो निर्णय सच्याउन आग्रह गरेको छ । आज संयोजक चन्द्रराज पन्त र सचिव लक्ष्मी आचार्यले जारी गरेको विज्ञप्तिमा यस्तो आग्रह गरिएको हो ।