Indrenionline.com

आमाको किरिया वसेका छोरीहरुलाई आर्थिक सहयोग

तुलसीपुर, १९ पुस । तुलसीपुर उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले वडा नं. ११ जस्पुरका किरियापुत्रीहरुलाई आर्थिक सहयोग गरेका छन् ।

आमा तारा विकको मृत्य भएपछि किरिया वसेका छोरीहरु आराधना र सदिक्षालाई किरिया वसेकै ठाउँमा गएर सहयोग रकम हस्तान्तरण गरेको नगर प्रमुखमा सचिवालय प्रमुख मानवहादुर रावतले जानकारी दिए ।

किरियापुत्रीहरुलाई उपप्रमुख माया आचार्यले १६ हजार ३ सय ५ सहयोग रकम हस्तान्तरण गरेकी हुन् । रकम हस्तान्तरण गर्दै उपप्रमुख आचार्यले वालवालिकाहरुलाई शिक्षामा पनि उपमहानगरपालिकाले सहयोग गर्ने वताइन् ।

उपप्रमुख आचार्यले हिम्मत गरेर सामाजिक कुसंस्कारलाई वदल्नका लागि किरिया वसेकोमा वालवालिकाको साहसप्रति सम्मान समेत व्यक्त गरेकी थिइन् । ‘उपमहानगरपालिकाले वालवालिकाहरुलाई एक्लो हुन दिदैन’ उपप्रमुख आचार्यले भनिन् ।