Indrenionline.com

विकास र संमृद्धिका लागि स्वतन्त्र पत्रकारिता आवश्यक : मुख्यमन्त्री पोखरेल

इन्द्रेणी संवाददाता
दाङ, १६ पुस । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले सञ्चारकर्मीहरुले स्वतन्त्र र तटस्थ भएर कमल चलाउनुपर्ने बताएका छन् । दाङबाट प्रकाशन हुँदै आएको गणतन्त्र दैनिकको १२ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले सञ्चार माध्यम स्वतन्त्र भएमा मात्रै मुलुकको विकासमा टेवा पुग्ने बताए ।

कहिले काही सञ्चार माध्यमहरुमा सकारात्मक भन्दा नकरात्मक प्रकारका सूचना सम्प्रेसन हुने गरेको भन्दै यस्ता सूचनाले देशको विकास राम्रो सन्देश नदिने भन्दै मुख्यमन्त्री पोखरेलले अब विकास र संमृद्धिका लागि सकारात्मक पत्रकारिता आवश्यकता भएको औंल्याए ।
देशको वर्तमान राजीनिकबारेमा बोल्दै अहिले सरकारले काम गरेपनि नदेखिएको भन्दै अबको ६ महिनाभित्र कामको परिमाण देखिने दावी गरे ।

पत्रिकाका प्रकाशक तथा सम्पादक सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रममा  विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । सो अवसरमा मावि बह्रा क्षेत्रका स्कूले बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको थियो भने दुई दर्जन बढी व्यक्तिहरुले रक्तदान समेत गरेका थिए ।