Indrenionline.com

बबई र राप्तीमा विपद तथा बाढीको पुर्वसूचना प्रविधि जोडिने

दाङ, १२ पुस । दाङका बबई र राप्ती नदीमा बिपद तथा बाढी आउनुको पुर्वसूचना प्रणाली जडान हुने भएको छ ।

घोराहीमा भएको अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले मौसम, वर्षा र बाढीको पुर्वसूचना अतिनै आवश्यक रहेको बताए ।

रेडक्रस सोसाईटी दाङको आयोजनामा जिल्ला प्रशासन कार्यालय दाङमा भएको अभिमुखिकरण कार्यक्रममा उनले रोकथाम र पुर्व तयारी लाई ब्यबस्थित गर्नुपर्ने बताए । उनले धनजन र मानवीय क्षतिलाई कमगर्न सबै खालका सम्यन्त्रहरु सञ्चालन गर्नु पर्नेमा जोड दिए ।