दाङ, १२ पुस । दाङको घोराही गोग्लीमा रहेको सगरमाथा सिमेन्ट उद्योगमा आगलागी भएको छ ।
आगो नियन्त्रणमा आइसकेको छ भने यसबाट भौतिक रुपमा केही क्षति भएपनि मानवीय क्षति भने नभएको बताइएको छ । आगलागीबाट प्लाई, वल्डिङ मेसिन ५ वटा, ग्रिल मेसिन र ३ वटा ग्यास सिलिन्डरमा क्षति भएको बताइएको छ ।