तुलसीपुर, १० पुस । बबई गाउँपालिका—७ का अग्निपिडित पुर्णबहादुर घर्तीको परिवारलाई राहत प्रदान गरिएको छ । आगलागीबाट घर्तीका दश बर्षीय छोरा राजु घर्तीको शनिबार निधन भएको थियो । नेपाल मगर संघ दाङले सोमबार राहत प्रदान गरेको हो ।
नेपाल मगर संघले चामल, दाल, नून, तेलसंगै सिरक र डसना प्रदान गरेको हो । नेपाल मगर संघका अध्यक्ष खलुप्रसाद पुन मगरको नेतृत्वमा गएको टोलीले राहत प्रदान गरेको हो । यसअघि बंगलाचुलीमा पनि आगलागीमा परेर एकै परिवारका तीन बालबालिकाको निधन भएको थियो ।