दाङ, ९ पुस । नेपाल प्रेस युनियन दाङका सहसचिव शिवराज खनालसहित कार्यसमिति सदस्य प्रिया स्मृति गजमेर र पत्रकार शिवु खनालमाथि प्रहरीले अभद्र व्यवहार गरेको घटनाप्रति नेपाल प्रेस युनियन दाङले आपत्ति जनाएको छ ।
कन्चनपुरबाट झापा लैजान थालिएका गोरुको बारेमा समाचार संकलन गर्न राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवामा प्रहरीले उनीहरुमाथि अभद्र व्यवहार गरेको हो ।
