तुलसीपुर, ८ पुस । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ३ राम्रीमा भएको वस दुर्घटनाका घाइतेहरुलाई दाङ्गका जनप्रतिनिधिहरुले भेटेर स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।
घाइतेको अवस्था वुझ्नका लागि प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसी, राष्ट्रिय सभा सदस्य कोमल वली, अनिता देवकोटा, घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी र तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे लगायतको सहभागिता रहेको थियो ।
शुक्रवार शैक्षिक भ्रमणमा गएका सहीद कृष्ण सेन इच्छुक वहुप्राविधिक शिक्षालय घोराहीका विद्यार्थीहरु फर्कदा दुर्घटनामा परेका थिए । दुर्घटनामा अहिलेसम्म २३ जनाको मृत्यु भएको छ भने १२ जनता घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइतेहरुको उपचारका लागि सम्पूर्ण खर्च सरकारले व्यहोर्ने भएको छ ।