Indrenionline.com

तेह्र वर्षसम्म पनि सञ्चालनमा आएन बाल अस्पताल

इन्द्रेणी संवाददाता
दाङ, ६ पस । करीव १३ वर्ष पहिले स्थापना भएको दाङको घोराही उपमहानगरपालिका वडा नं. १६ सर्राको उमाशंकर नाथ योगी बाल अस्पताल अलपत्र परेको छ । २०६२ सालमा स्थापना भएको दश शैयाको अस्पताल हाल बन्द अबस्थामा छ । स्थापनाको केही समय सञ्चालनमा आएको उक्त अस्पताल लामो समयदेखि बन्द अवस्थामै छ ।

अस्पताल सञ्चालन नआउनुमा अस्पताल यो सँग सम्बन्धित व्यक्तिहरु फरक फरक धारणा राख्दै आएको छन् । केही पक्षले अस्पताललाई व्यवस्थापन समितिले आफ्नै आफूखुशी अस्पताल सञ्चालन गर्न खोज्दा अस्पतालको यो अवस्था भएको दावी गर्दै आएको छ ।

तर अस्पताल व्यवस्थापन समितिले भने आर्थिक अभावका कारण अस्पताल बन्द गर्नुपरेको जनाएको छ । ‘दाताहरुको मात्रै भर पर्दा अस्पतालको सेवा बन्द भएको हो’, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदिपकुमार योगीले भने, ‘अस्पताल सञ्चालनमा कसैको चासो छैन ।’ दाताकै सहयोगमा भए पनि स्थापनाको केही अवधिमा अस्पताल सञ्चालनमा आएको थियो ।