दाङ, ५ पुस । दाङको तुलसीपुर उपमहानगरपालिकाले स्थानीय पर्वमा पनि सार्वजनिक विदा दिने भएको छ । तुलसीपुर उपमहानगरपालिका कार्यपालिकाको वैठकले गुरुङ्गहरुको महान पर्व तमु ल्होसार र माघी पर्वका अवसरमा विदा दिने निर्णय गरेको प्रवक्ता श्याम डाँगीले जानकारी दिएका छन् ।
नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा वसेको वैठकले नगर स्वास्थ्य नीति २०७५, नगर स्वास्थ्य ऐन २०७५, अपाङ्ग परिचय पत्र सम्वन्धि कार्यविधि पारित गरेको छ । यसैगरी स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई समायोजन गर्ने समेत वैठकले निर्णय गरेको छ । वैठकले शिक्षा वजेट समेत पारित गरेको छ ।