दाङ, ३ पुस । दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जिल्लाको औद्योगिक तथा व्यवसायिक विकासका लागि स्थानीय प्रशासन सहकार्य गरेर अगाडि तयार रहेको बताएका छन् । भखरै सरुवा भएर दाङ आएका प्रमुख जिल्ला अधिकारी लाई दाङ जिल्ला उद्योग वाणिज्य संघले गरेको स्वागत सम्मान कार्यक्रममा यस्तो बताएका हुन ।
व्यवसायीहरुलाई व्यवसायिक मर्यादा पालना गरेर अगाडि वढन आग्रह गरे । कार्यक्रम संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको थियो । संघका उद्योग उपाध्यक्ष वसन्त जोसीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा धन्यावाद ज्ञापन वाणिज्य उपाध्यक्ष टंकसिंह वुढाथोकीले गरेका थिए ।