Indrenionline.com

राप्ती इन्जिनियरिङ कलेजको साप्ताहव्यापी खेलकुदको समापन

दाङ, ३ पस । राप्ती इन्जिनियरिङ कलने घोराहील साप्ताहव्यापी रुपमा सञ्चालन गरेको खेलकुदको समापन गरेको छ । मंसिर २५ गतेदेखि सुरु गरिएको खेलकुद प्रतियोगिता एक कार्यक्रमका बिच समापन गरिएको हो ।

कलेजमा अध्यनरत छात्र÷छात्रालाई खेलकुदप्रति जागरुप बनाउँने उदेश्यका साथ साताव्यापी खेलकुद प्रतियोगिताको आयोजना गरेको कलेजले जनाएको छ । कलेजले फुटवल,क्रिकेट,भलिवल,चेस,टेवलटेनिश,व्याड्मिन्टन, तातो आलु, सम्पेनिश लगाएतका बिभिन्न खेलको आयोजना गरेको थियो ।