तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ वम्नैमा रहेको पब्लिक ज्ञानज्योति मावि २४ वर्षमा प्रवेश गरेको छ । विद्यालयले वार्षिकोत्सवको अवसर पारेर विभिन्न कार्यक्रमको आयोजना समेत गरेको छ ।
प्रमुख अतिथि विकले विद्यालयले पश्चिम क्षेत्रको नमुनाका रुपमा शैक्षिक कार्यक्रमहरु सञ्चालन गरेकोमा धन्यवाद समेत दिएका थिए । “वालवालिकाहरुलाई अध्यापन मात्रै भन्दा पनि अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिनुपर्दछ” विकले भने । उनले वालमैत्री वातावरण निर्माणका लागि हरेक विद्यालयले ध्यान दिनुपर्ने वताए ।
विद्यालयका संस्थापक प्रधानाध्यापक टिकावहादुर जिसीले विद्यालयले सामाजिक उत्तरदायित्व वहन गरेर आफुले काम गरिरहेको वताउँदै शिक्षा क्षेत्रलाई समृद्ध वनाउनका लागि सधै लागिरहने प्रतिवद्धता व्यक्त गरेका थिए । “सानो कक्षाबाट सुरु भएको विद्यालय अहिले फाउन्डेसनका रुपमा रुपान्तरण भएको छ” उनले वताए ।