इन्द्रेणी संवाददाता
दाङ, २६ मंसिर । साविक राप्ती उपक्षेत्रीय अस्पताल विकास समितिबाट अस्पतालमा काम गर्दै आएको कर्मचारीहरुले आफूहरुलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समायोजन गर्न माग गर्दै प्रतिष्ठानको प्रशासनमा धर्ना दिएका छन् ।
प्रतिष्ठानले समितिबाट काम गर्दै आएका ६२ जना कर्मचारीले साउन १ गतेदेखि ६ महिनाको तलव समेत नपाएको उनले बताए । प्रतिष्ठान प्रशासनले आफ्ना मागहरुको वेवास्था गरे थप आन्दोलनका कार्यक्रम अगाडि बनाउने संयोजक गौतमले चेतावनी दिए ।