इन्द्रेणी संवाददाता
दाङ, १८ मंसिर । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले आफ्नै सम्पत्ती ठानेर विकास निर्माणका योजनालाई अघि बढाउन उपभोक्ता समितिलाई आग्रह गरेका छन् ।
वडा र नगरका सबै योजनाहरु जनतालाई संबृद्धीसँग जोड्न कै लागि तय भएको भन्दै उनले आफ्नै सम्पत्ती ठानेर विकासका योजनालाई गुणस्तरीय बनाउन आग्रह गरे ।