तुलसीपुर, १४ मंसिर । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गर्न लागेको तुलसीपुर मेट्रो कलेजको स्थलगत अध्ययन गरिएको छ ।
अध्ययनका क्रममा कलेज सञ्चालनका लागि उपयुक्त स्थल भएको भन्दै निर्देशक भट्टराईले तत्काल संरचना निर्माणका लागि सहमति पत्र प्रदान गरिने वताए । उनले उपमहानगरपालिकाले सञ्चालन गर्नेका लागि आवश्यक कार्यक्रमको तयारी गर्न समेत आग्रह गरेका थिए । “अन्यले सञ्चालन नगरेका र यहाँका लागि नयाँ लाग्ने खालका कार्यक्रमहरु सञ्चालनका लागि उपमहानगरपालिकाले पहल गर्दा राम्रो हुने देखिन्छ “ निर्देशक भट्टराईले वताए ।
तुलसीपुर उपमहानगरपालिकाले वडा नम्वर २ मा रहेको पशुपति माविको १० विगाहा जग्गा लिएर मेट्रो कलेज सञ्चालन गर्न लागिरहेको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए । उनले आगामी शैक्षिक सत्रवाट कलेज सञ्चालन गरिने पनि जानकारी दिए ।