तुलसीपुर, १४ मंसिर । घोराही उपमहानगरपालिका वडा नम्वर १६ का वडाध्यक्ष लक्षिण प्रसाद बुढाको निधनप्रति तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले दुख व्यक्त गरेका छन् ।
“इमान्दार र कर्तव्यनिष्ट राजनेताको छवि वनाएका नेताको निधनले मलाई निकै दुखी वनाएको छ ” विज्ञप्तीमा उल्लेख गरिएको छ । जनताको काममा निरन्तर लामो समयदेखि लाग्दै आएका वुढा जनप्रिय जनप्रतिनिधि भएको उल्लेख गर्दै पाण्डेले वडाका जनता र परिवारजनलाई संयम रहन सक्ने शक्ति प्राप्त होस् भन्ने कामना समेत गरेका छन् ।