तुलसीपुर, ५ मंसिर । तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्यकर्मीका लागि परिमार्जित स्वास्थ्य व्यवस्था सम्वन्धी तालिमको समापन गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिका भित्र रहेको नगर स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य प्रवद्र्धन केन्द्र र विभिन्न स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुलाई २ दिनसम्म परिमार्जित स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली सम्वन्धि तालिम दिईएको थियो ।
तालिमको प्रशिक्षकमा जनस्वास्थ्य अधिकृत लेखनाथ न्यौपाने,स्वास्थ्य सह संयोजक विष्णु पोख्रेल र विष्णु गिरी, नर्सिङ्ग अधिकृत अमृता पहाडी, हेल्थ असिस्टेन्ट विमल केसी लगायतका रहेका थिए । स्वास्थ्य संयोजक डा. गोकर्ण दाहालको अध्यक्षतामा भएको समापन कार्यक्रमको सहजिकरण विष्णु गिरीले गरेका थिए ।