Indrenionline.com

जथाभावी रुख कटान गर्नेलाई कारवाहीको माग

दाङ, १७ कार्तिक । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल जिल्ला महासंघ दाङले जिल्लाको बवई ४ पञ्चकुले स्थित झारगजेरी सामुदायिक उपभोक्ता समूहमा भएको रुख कटानीको बिषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

वन महासंघ दाङका अध्यक्ष भूपेन्द्र सुवेदीले शनिवार एक बिज्ञप्ति निकालेर ठूलो मात्रामा भएको रुख कटानमा संलग्न हुनेहरुलाई कारबाही गर्न माग गरेको छ ।

३३ वटा सालका गिन्डा र १ सय २४ थान चिरान वन समूहले उपभोक्ताको घरबाट बरामद गरेको थियो । घटनमा संलग्न जो सुकै भएपनि उस्लाई कडाभन्दा कडा कारबाही गर्न बिज्ञप्तिमा माग गरिएको छ । बिज्ञप्तिमा वन समूहका उपभोक्ता, समितिका पदाधिकारी, वन वनकर्मी वा अन्य जो भएपनि यर्थात बिवरण अनुसन्धान गरी कारबाही गर्न डिभिजन वन कार्यालय दाङको ध्यानाकर्षण गराइएको छ ।