दाङ, १५ कार्तिक । गायन प्रतिभाहरुको खोजी अभियानको रुपमा उत्सर्ग फिल्मस् नेपालले आयोजना गरेको हिरो अफ भ्वाइस ५ को उपाधी घोराही १४ नयाँ बजारका केशब हमालले चुमेका छन् ।
प्रतियोगितामा सृष्टि केसी फस्ट रनर अप र बिक्रम जीएम सेकेण्ड रनर अप भएका थिए भने किरण विक, राधिका पुन र हेमन्त भण्डारीले सान्तवना स्थान प्राप्त गरेका थिए । प्रतियोगिताको निर्णायकमा संगीत प्रशिक्षक केशब रावत र केशब बस्नेत थिए ।
उत्सर्ग फिल्मस् नेपालका प्रबन्ध निर्देशक केएल बुढाथोकीको अध्यक्षतामा भएको फाइनल कार्यक्रममा प्रमुख अतिथी नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रियासन, विशिष्ट अतिथीहरु दाङ जिल्ला उबासंघका पूर्व उद्योग उपाध्यक्ष खड्गबहादु बुढाथोकी र अभिनेता ज्वाला खतिवडाले यस अभियानले नवप्रतिभाहरुको विकासमा योगदान पु¥याउनुका साथै नेपाली गीतसंगीतको उन्नयनमा पनि योगदान पु¥याएको चर्चा गरेका थिए ।
कार्यक्रमको सहजीकरण रिचा बुढाथोकीले गरेका थिए । त्यसक्रममा सिजन १ का विजेता राजु घर्ती र सिजन ४ की विजेता प्राची विडारीले आफ्नो प्रस्तुती दिएका थिए ।