तुलसीपुर, १४ कार्तिक । तुलसीपुर उपमहानगरपालिकाका नायव सुब्बा विष्णु थापाको विदाई गरिएको छ । प्रशासन शाखामा कार्यरत कर्मचारी थापा अनिवार्य अवकाशमा विदा भएर जान थालेकाले विदाई गरिएको हो ।
कार्यक्रममा वोल्दै शाखा अधिकृत टँक गौतमले जागिरे जीवनको अनुभव समाजमा लगाउनका लागि आग्रह गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सुचना अधिकारी झरेन्द्र खरेलले गरेका थिए ।