इन्द्रेणी संवाददाता
दाङ, १२ कार्तिक । दाङ प्रहरीले अबैध लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाँके बैजनाथ गाउपालिका वडा नं. १ चिस नरवहादुर पाण्डे, सोही ठाउँका भिम सिंह रोकाय र सोही २ मकैबारी बस्ने छवि गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उनीहरुबाट प्लाष्टिकमा पोका पारी राखेको खैरो हेरोइन २ ग्राम र १६ ग्राम गाँजा वरामद गरिएको छ । उनीहरुको शरीर खानतलासी गर्दा नगद ९ हजार ५ सय ३ वटा मोबाइल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । सो चिप समेत प्रहरीले निइत्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएपी रामप्रसाद घर्तीले जानकारी दिएका छन् ।