इन्द्रेणी संवाददाता
दाङ, ११ कार्तिक । जिल्ल प्रहरी कार्यालय दाङले चाडपर्वको समयमा जुवातास नियन्त्रणका लागि चलाएको अभियानमा ३८ जनासहित ठूलो रकम वरामद गरेको छ ।
सो समयमा जिल्ला प्रहरी कार्यालयले १९ जनासहित ३ लाख २ हजार सात सय र इलाका प्रहरी कार्यालयले पनि १९ जनासहित २ लाख २७ हजार ८५ रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएपी रामप्रसाद घर्तीले जानकारी दिएका छन् ।
सो समयमा जिल्ला प्रहरी कार्यालय दाङले यस क्षेत्रका दुई ठाउँमा ठूलो जुवाको खालमा छापा मारेको थियो भने इप्रका तुलसीपुरले तीन स्थानमा छापा मारेको थियो ।
