इन्द्रेणी संवाददाता
दाङ, ९ कार्तिक । जिल्ला प्रहरी कार्यालय दाङले एक लाख ३५ हजार नगदसहित जुवाको खालबाट सात जनालाई पक्राउ गरेको छ ।
गोप्पे सूचनाका आधारमा उनीहरुलाई प्रहरीको विशेष टोलीले कार्तिक ८ गते पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ गर्नेहरुको नाम नखुलाए पनि उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
