इन्द्रेणी संवाददाता
दाङ, ८ कात्तिक । दाङमा एक श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । घोराही उप–महानगरपालिका १२ गुर्जे निवासी रामबहादुर नेपालीले आफ्नी श्रीमतीको चम्पा नेपालीको कुटपिट गरी हत्या गरेका हुन ।
हत्याको आरोपमा रामबहादुरलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । यस्तै चम्पाका भाई मंगल नेपालीले रामबहादुर ज्यान मार्ने उद्योग अन्तरगत जिल्ला प्रहरी कार्यालय दाङमा मुद्धा दर्ता गरेका छन् ।