इन्द्रेणी संवाददाता
तुलसीपुर, २२ असोज । पटक पटक बन्द हुँदै आएको दाङको टरिगाँउ विमानस्थल सोमबारदेखि पुनः सञ्चालनमा आएको छ । तत्कालका लागि सातामा दुइ पटक उडान भर्ने गरी नेपाल वायु सेवा निगमको जहाजले सोमवारबाट उडान आरम्भ गरेको हो ।
२०६८ सालपछि विभिन्न विमान कम्पनीहरुले वेला वेलामा सेवा दिएपनि नेपाल वायुसेवा निगमले भने पहिलो पटक सेवा दिन आरम्भ गरेको हो । धावन मार्ग साँघुरो भएका कारणले तत्कालका लागि सानो आकारको जहाज सञ्चालनमा ल्याइने पनि उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले वताए ।
उनले अस्थायी रुपमा इन्धन डिपो स्थापनाका लागि सरकारले निर्णय गरिसकेको भन्दै दुई साताभित्रै अस्थायी इन्धन डिपो आइपुग्ने जानकारी दिए । अस्थायी डिपो स्थापना भएपछि अन्य विमान कम्पनीहरु आउनुका साथै भाडादरमा पनि गिरावट आउने उनले वताए । सोमवारको पहिलो उडानमा सभामुख कृष्णवहादुर महरा पनि आएका थिए ।