तुलसीपुर, २२ असोज । राप्ती प्राबिधिक शिक्षालय लालमटिया दाङका स्वास्थ्य ट्रेड प्रमुख प्रेमप्रसाद बास्कोटाले दृष्टिबिहिन नागरिक र आँखामा समस्या हुने नागरिकका लागि नेत्र सहायकको भूमिका महत्वपूर्ण रहने बताए ।
राप्ती आँखा अस्पताल रक्षाचौरद्धारा सञ्चालित अप्थाल्मिक साईन्स कार्यक्रम अन्तर्गत सञ्चालित दोस्रो तहका विद्यार्थीहरुले राप्ती प्राबिधिक शिक्षालय दाङका प्रथम बर्षका बिद्यार्थीहरुलाई स्वागत कार्यक्रममा उनले यस्तो बताए ।
दोस्रो बर्षका बिद्यार्थी रत्नचन्द्र जैसीको अध्यक्षतामा भएको कार्यक्रममा अप्थाल्मिक साईन्स कार्यक्रम संयोजक ललित मोहन कलौनी, लाईब्रेरियन निरला अर्याल गैरे, स्वास्थ प्रशिक्षक प्रदिपराज पाण्डे, बायालोजी प्रशिक्षक मनोहर चौधरी, माधवप्रसाद वेलवासे, सुरेसचन्द्र गुप्ता, पिङ्ला पाण्डेलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
प्रथम बर्षका बिद्यार्थी कोकिला आचार्यले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण दोस्रो तहका बिद्यार्थी ब्रिन्दा केसी र मनिश रामिजाले गरेका थिए । यहाँ नेपालका बिभिन्न जिल्लाबाट नेत्र सहायक पढन आउने गर्छन् । त्यस अवसरमा बिद्यार्थीहरुले बिभिन्न प्रतिभाहरु प्रस्तुत गरेका थिए ।