इन्द्रेणी संवाददाता
दाङ, २१ असोज । आज दाङको घोराहीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल हिडिरहेकी महिला गम्भीर घाइते भएकी छन् ।
मोटरसाइकलको ठक्करबाट सडकबाट उछिट्एिकी परियार नजिकैको सरिया बोकेको टेक्टरमा ठोकिन पुगिन र उनका शरीरमा तीन बटा सरिया छिरेका छन् ।
उनलाई सरिया नै काटेर उपचारका लागि राप्ती उपक्षेत्रीय अस्पतालमा पु¥याइएको छ । शहिद गेट जनिकै भएको उक्त दुर्घटनामा परियार मोटरसाइकलको ठक्कर दिएपछि रा १ त २३२० नम्बरको ट्याक्टरमा ठोकिन पुगेकी थिइन् । घटनामा संलग्नहरुलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।