इन्द्रेणी संवाददाता
तुलसीपुर २१ असोज । समदर्सी युवा कल्व तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ रानागाँउको प्रथम साधारणसभा सम्पन्न भएको छ ।
कार्यक्रममा संस्थालाई अतुलनीय योगदान दिएका दुई जना युवा चेतमान सेजुवाल , कलिभान रोका र एक जना अपाङ्ग टेक बहादुर वि.कलाई प्रमाण पत्र र नगदले सम्मान गरिएको थियो । कल्वका उपाध्यक्ष यमन खड्काको स्वागत मन्तब्यबाट शुुरु भएको कार्यक्रमको सञ्चालन ऋषि परियारले गरेका थिए ।