सल्यान, २१ असोज । सल्यानमा शैक्षिक सुधारका लागि अनुभव आदानप्रदान सम्पन्न भएको छ । जिल्लाको कपुरकोट गाउँपालिकामा नेपाल राष्ट्रिय शिक्षक संगठनले आयोजना गरेको दशैँ तिहारको शुभकामना आदानप्रदान तथा शैक्षिक सुधारका लागी हाम्रो भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा अनुभव आदानप्रदान भएको हो ।
यस्तै गाउँपालिका उपाध्यक्ष तिला बुढा, प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजाल, वडा नम्बर १ का वडा अध्यक्ष बालाराम खड्का, ५ का अध्यक्ष यम कुमार वस्नेत, ६ का अध्यक्ष हेरमबहादुर बुढाथोकीले बोल्दै तालिमप्राप्त शिक्षक, विद्यार्थी मैत्री कक्षाकोठा, शैक्षिक प्रणालीको निरन्तर रूपमा निरीक्षण, मूल्यांकन तथा स्तरोन्नतिको आवश्यकता औँल्याए ।
कार्यक्रममा शिक्षा शाखा कपुरकोटका प्रमुख कृष्ण भण्डारी, शिक्षक महासंघ कपुरकोटका अध्यक्ष श्याम कुमार केसी, नेपाल राष्ट्रिय शिक्षक संगठन कपुरकोटका अध्यक्ष पदम खड्का, शिक्षक संघका अध्यक्ष रुपलाल यरी, विभिन्न विद्यालयका प्रअ लगाएतकाले शुभकामना मन्तव्य राख्दै शिक्षकमा शिक्षण कला आवश्यक रहेकोमा जोड दिएका थिए ।