दाङ, २१ असोज । घोराही ३ स्थित मावि झिङनी बन्जाडीले सार्वजनिक परिक्षण गरेको छ । विद्यालयमै एक कार्यक्रमको आयोजना गरी विद्यालयले वितेको आर्थिक वर्षमा भएका गतिविधिहरुको समिक्षा गर्दै आगामी योजनाहरुको बारेमा समेत छलफल गरेको छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले विद्यालयको ९३ लाख ९३ हजार ५ सय बराबरको आर्थिक प्रतिबेदन पेस गरेका थिए ।
उनले विद्यालयको भौतिक प्रगती, विद्यार्थी र उनीहरुको शैक्षिक गुणस्तरको बारेमा जानकारी दिएका थिए । कार्यक्रममा राजनीतिक दल, उद्योगी व्यवसायी, अभिभाक, विद्यार्थीहरुको सहभागीता थियो ।