Indrenionline.com

नवलपुर युवा क्लवले नवलपुर कप–२०७५ आयोजना गर्दै

इन्द्रेणी संवाददाता
दाङ, २० असोज । दाङको घोराहीस्थित नवलपुर युवा क्लवले केशरसिंह श्रेष्ठ स्मृति फुटवल प्रतियोगिता आयोजन गर्ने भएको छ । आगामि मंसिर २७ गतेदेखि सञ्चाल हुने उक्त प्रतियोगिता पुष ६ गतेसम्म चल्नेछ ।

खेलमा जम्मा ८ वटा क्लब जिल्ला प्रशासनमा कार्यालय तथा जिल्ला खेलकुद परिषदमा दर्ता भएका क्लवले मात्र भाग लिन पाउने बताइएको छ । प्रतियोगितामा प्रथम पुरस्कार ५५ हजार ५ सय ५५ रुपैयाँ, द्धितीय पुरस्कार २५ हजार ५ सय २५ रुपैयाँ र सेमिफाइनलमा पुगेका सबै टिमलाई ५ हजारका दरले पुरस्कार, सिल्ड मेडल र ट्रफीले पुरस्कृत गरिनेछ ।

केशरसिंह श्रेष्ठका नाति सुभाष श्रेष्ठले खेलाडी आफ्ना स्वर्गीय हजुरबुबाको सम्झनामा आयोजन गर्न लागिएको प्रतियोगितामा टाढाबाट आउने खेलाडीलाई खाना र वस्नाको पनि व्यवस्था रहेको आयोजकले बताएको छ ।

प्रतियोगितामा भाग लिनका लागि दर्ता शुल्क स्वरुप ५ हजार तोकिएको छ ।

जिल्ला प्रशासनमा कार्यालय तथा जिल्ला खेलकुद परिषदमा दर्ता भएका क्लवहरु यसप्रकार छन् :-