इन्द्रेणी संवाददाता
दाङ, १६ असोज । पटक पटक सञ्चलनमा आउदै बन्द हुँदै गरेको दाङको टरिगाउँ विमानस्थलमा आज फेरि परिक्षण उडान हुने भएको छ ।
मेयर पाण्डे र नेपाल वायु सेवा निगमका कार्यकारी अधिकृत मदन खरेलबीच भएका सोमवार भएको छलफलमा साताको दुई पटक उडान भर्ने गरी आज परिक्षण उडान गर्ने सहमति भएको हो । यो विमानस्थल पटकपटक सञ्चालनमा आए पनि विभिन्न कारणले नियमित हुन सकेको छैन ।