अध्यक्षमा चन्द र उपाध्यक्षमा बुढाथोकी
इन्द्रेणी संवाददाता
दाङ, १४ असोज । राज्य पुर्नसंरचनाअनुसार मुलुक संघीयतामा गएसँगै निजी तथा आवासीय विद्यालय अग्रनाइजेशन (प्याव्सन) ले पनि आफ्नो केन्द्रीकृत संरचनालाई स्थानीय तहसम्म ल्याएको छ । सो अनुसार प्याव्सन घोराही उपमहानगरपालिका गठन भएको छ ।
कार्यक्रममा घोराही उपमहानगरपालिका स्थानीय तदर्थ समितिका संयोजक पोषण न्यौपानेको अध्यक्षता तथा प्याव्सनका पूर्वकेन्द्रीय उपाध्यक्ष एवं वर्तमान सल्लाहकार नारायण अधिकारीको प्रमुख आतिथ्यमा भएको थियो ।