Indrenionline.com

राप्ती उपक्षेत्रीय अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विधिवत रुपमा हस्तान्तरण

इन्द्रेणी संवाददाता
दाङ, १२ असोज । दाङको राप्ती उपक्षेत्रीय अस्पताल घोराही आज विधिवत रुपमा आजदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गुणस्तर मापन तथा नियमन महाशाखाको २०७५ भदौ ३१ गतेको परिपत्र र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनको दफा १५ को उपदफा (२) अनुसार ऐनको दफा ४४ को उपदफा (४) अनुसार अस्पतालको चल अचल सम्पत्ती प्रतिष्ठानलाई हस्तान्तरण गरिएको हो ।

आज शुक्रवार अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट जनार्दन पन्थीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि डा. विनोदकुमार गिरी, स्वास्थ्य निर्देशनालय प्रदेश नं. ५ रुपन्देही, जिल्ला प्रशासन कार्यालय दाङका प्रतिनिधि र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रतिनिधिहरुको रोहवरमा प्रतिष्ठानकी उपकसलपति प्रा.डा. संगीता भण्डारी, रजिष्टार रामप्रसाद प्याकुरेल र निर्देशक प्रा. डा. ऋतु शर्मा बराललाई हस्तान्तरण गरेका हुन् ।