तुलसीपुर, ११ असोज । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले वहिरा महिलाका लागि विशेष कार्यक्रम सञ्चालन गरिने वताएका छन् ।
राष्ट्रिय बहिरा महासंघको आयोजनामा भएको कार्यक्रममा राप्ती बहिरा संघका अध्यक्ष अजयकुमार शर्माले बहिराहरुलाई निकै समस्या भएको वताउँदै राज्यले उनीहरुका वारेमा सोच्न आवश्यक रहेको वताएका थिए ।
निर्देशक प्रतिभा शर्माले वहिराहरुलाई गाँस, वासको समस्या रहेको वताइएी थिइन् । केन्द्रीय उपाध्यक्ष सत्यदेवी वाग्लेको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा दाङ जिल्ला भरिका एक दर्जन वढी वहिराहरुको सहभागिता रहेको थियो ।