दाङ, ८ असोज । शान्ति निकेतन विद्यालय घोराहीमा स्पोर्टस् क्लव गठन गरिएको छ । विद्यालयमा अध्ययनरत खेलाडीहरुको सोमबार सम्पन्न भेलाले प्रकाश खनालको अध्यक्षतामा स्पोर्टस् क्लव गठन गरेको हो ।
क्लवकोे संरक्षकमा विद्यालयका प्रिन्सिपल खगेश्वर पौडेल रहेका छन् भने सल्लाहकारमा खेल शिक्षक केशव अधिकारी, जुनियर रेडक्रस सर्कलका अध्यक्ष साजना थारु कुमाल, क्याप्टेन ममता बस्नेत, भाइस क्याप्टेन सुदन भण्डारी रहेका छन् ।
विद्यालयका क्याप्टेन ममता बस्नेतको अध्यक्षता एवं प्रिन्सिपल खगेश्वर पौडेलको प्रमुख आतिथ्यतामा भएको भेलामा विद्यालयका भाइस प्रिन्सिपल टीका बस्नेत, अनुशासन ईञ्चार्ज सन्देश केसी, खेल शिक्षक केशव अधिकारीलगायतले बोलेका थिए ।