तुलसीपुर, ८ असोज । तुलसीपुर उपमहानगरपालिकाले चाडपर्वलाई लक्षित गरेर वजार अनुगमन गर्ने भएको छ । कार्यपालिकाको असोज १ गतेको वैठकले बजार अनुगमन निर्देशिका पारित गरेसँगै उपमहानगरपालिकाले वजार अनुगमनको तयारी गरेको हो ।
अनुगमन समितिले अनुगमनका क्रममा मूल्य सूची, साइनबोर्ड, व्यवसाय दर्ता र नविकरण, नापतौलको प्रमाण, वस्तुमा लगाइएको लेवल, वस्तुको म्याद, विक्री विल दिने नदिने लगायतका कुराहरुको अनुगमन गरिने उपभोक्ता हित संरक्षण शाखा प्रमुख नारायणप्रसाद रेग्मीले वताए । उनले अनुगमनका क्रममा नियम विपरित कुनै पनि कुरा भएको पाइएमा बजार अनगमन निर्देशिका २०७५ वमोजिम कारवाही गरिने समेत वताए ।
वजारमा उपभोक्तालाई विभिन्न वहानामा झुक्याउने काम भइरहेको भन्दै संयोजक शर्माले नियमित रुपमा वजारको अनुगमन गरेर उपभोक्ताको हितमा काम गरिने वताउनु भयो । अनुगमन समितिको वैठकमा इलाका प्रशासन कार्यालयका प्रमुख जनक प्रसाद भण्डारी,स्वास्थ्य शाखा प्रमुख डा. गोकर्ण दाहाल, उपभोक्ता हित अधिकार समितिका केशवकुमार शर्मा, इलाका प्रहरी कार्यालयका प्रमुख प्रकाश सापकोटा,कृषि शाखाका प्रमुख तिलक केसी लगायतको सहभागिता रहेको थियो ।