Indrenionline.com

सिसाले गरायो भोलीको कार्यक्रमबारे जानकारी

इन्द्रेणी संवाददाता
घोराही, ५ असोज । घोराहीको सिसा सगुन सहकारी संस्थाले आज पत्रकार सम्मेलनको आयोजना गरी भोली हुने संस्थाको सातौं साधारणसभाको बारेमा जानकारी दिएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष वालचन्द्र शर्माले सिसा सगुन जिल्लाका अन्य सहकारी संस्थाभन्दा फरक भएको उल्लेख गर्दै संस्थाले केही गर्न चाहाने व्यक्तिहरुलाई विभिन्न कर्जा दिदै आएको जानकारी दिए ।

संस्थाले पाँच वर्षको अवधिमा राम्रो प्रगति गर्दै गएको भन्दै संस्थाको सहयोगमा मिनि मार्केट, व्यवसायीक कुुखुरा फम सञ्चालन, गाइपालन लगायतका व्यवसाय विभिन्न व्यक्तिहरुले सञ्चालन गरी आफ्नो आयआर्जन गरिरहेको जानकारी दिइएको थियो ।

संस्थाले घर खर्च कर्जा, द््रत कर्जा, चाडपर्व कर्जा, आपतकालिन कर्जा, व्यापारिक कर्जा, औद्योगिक कर्जा, हायर पर्चेज कर्जा, शैक्षिक कर्जा, सेवा व्यवसाय कर्जा, आवास कर्जा, कृषि तथा पशुपाल कर्जा, लघु उद्याम कर्जा, घरेलु तथा साना उद्योग कर्जा, मर्मत सम्भार तथा प्रवद्र्धन कर्जा र साझेदारी कर्जा पनि दिदै आएको अध्यक्ष शर्माले बताए ।

४७७ शेयर सदस्य रहेको संस्थाको हालको पूँजी ८ करोड १५ लाख ९१ हजार ४ सय ४६ रहेको समेत जानकारी दिइएको थियो । संस्थाले आगामी वर्षमा पनि आकर्षक योजनाहरु अघि सारेको बताइएको छ ।

नेपाल पत्रकार संघ दाङका अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पत्रकार शरद अधिकारी, संस्थाका प्रेस सल्लाहकार हेमराज शर्मालगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण सचिव विमल योगीले गरेका थिए ।