Indrenionline.com

दाङमा रिभल्वरसहित एक जना पक्राउ

इन्द्रेणी संवाददाता
दाङ, ४ असोज । दाङमा प्रहरीले एक जनालाई रिभल्वरसहित पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङले घोराही उपमहानगरपालिका वडा नं. १२ वस्ने २१ वर्षिय जुनकुमार बुढालाई रिभल्वरसहित पक्राउ गरेको हो । बुढालाई आज पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक समेत गरेको छ ।

प्रहरीलाई सूचना आएको आधारमा उनलाई असोज २ गते वेलुका ७ बजेको समयमा रिभल्वर सर्वेसिङ गर्दै गरेको अवस्थामा घोराही–१३ बाट कम्मरमा लुकाइ राखिएको हतियारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एपी कृष्णहरि शर्माले जानकारी दिए । पक्राउ पछि उनलाई म्याद थप गरी अनुसन्धान शुरु गरिएको पनि शर्माले बताए ।