इन्द्रेणी संवाददाता
दाङ, ३ असोज । दाङमा पनि चौथो संविधान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । दिवसको अवसरमा घोराहीमा विहान प्रभातपफेरि गरियो । दिवस मूल आयोजक समारोह समितिको आयोजनामा गरिएको प्रभातफेरिपछि अन्तक्र्रिया कार्यक्रमको आयोजना गरियो ।
जिल्ला समन्वय समितिका सभापति एवं दिवस मुल समारोह समितिका संयोजक जितेन्द्रमान नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद अमरबहादुर डाँगी, प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, नेकपाका मनोहर बुढाथोकी, कांग्रेसका शंकरप्रसाद डाँगी, जिल्ला बारका अध्यक्ष प्रदिपकुमार गौतम, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाललगायतले आफ्ना विचार व्यक्त गरेका थिए ।