दाङ, २३ भदौ । जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा रहेका पुर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सँग मानवअधिकार सञ्जाल दाङको टोलीले भेटघाट गरेको छ ।
अदालतले पटकपटक रिहा गर्न आदेश दिँदादिदै पनि बारम्बार प्रकाण्डलाई पक्राउ गर्दा राज्यले आफना नागरिकप्रति प्रत्याभुत गर्नुपर्ने मानवअधिकारको सम्मान गर्न पनि विज्ञप्तीमा आग्रह गरिएको छ । यस्तै वार्ताबाट समस्याको समाधान खोज्न पनि सम्बन्धित सबै पक्षलाई सञ्जालले आग्रह गरेको छ । प्रहरी हिरासतमा प्रकाण्डको मानवअधिकारका दृष्टिले सन्तोषजनक व्यवहार गरिएको निष्कर्ष आफुहरुको रहेको सञ्जालका जिल्ला संयोजक केशवकुमार शर्माले बताए ।
भेटघाट टोलीमा संयोजक शर्मा सँगै, सञ्जालका सदस्यहरु चन्द्रराजत पन्त, सुशील गौतम, श्रीमन न्यौपाने, भुपेन्द्र वली र जे.एन सागरको सहभागिता रहेको थियो । निर्वाचनका क्रममा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा तुलसीपुर आएको बेला बम विष्फोट गराएको मुद्धा चलाएर शुक्रबार साँझ नेता विश्वकर्मालाई दाङ ल्याइएको हो । अदालतले विश्वकर्मालाई रिहाई गर्न पटकपटक आदेश दिएता पनि प्रहरीले पाँचौ पटक उनलाई गिरफतार गरि दाङबाट मुद्धा चलाएको छ ।