दाङ, २१ भदौ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई दाङमा म्यादी प्रहरी विनोद चौधरीको हत्या गरेको आरोप लागेको छ ।
‘प्रहरीको प्रतिवेदनमा विश्वकर्माले म्यादी प्रहरीको हत्या गरेको उल्लेख छ,’ प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले भने ‘उनबिरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा भएकाले दाङमा ल्याउन लागिएको हो ।’
घटना तुलसीपुरमै भएकाले विश्वकर्मालाई तुलसीपुर प्रहरीले दाङ देउखुरी जिल्ला अदालतमा उपस्थित बनाउने छ । प्रहरीका अनुसार विश्वकर्मामाथि लगाएको यो सबै भन्दा ठूलो मुद्दा हो । विश्कर्मामाथि लागेको आरोपको सबै प्रमाण ईलाका प्रहरील कार्यालय तुलसीपुरले जुटाउने छ ।
विनोद चौधरीको हत्या आरोपमा प्रहरीको प्रतिवेदनमा फरार सूचिमा परेका विश्वकर्मालाई मकवानपुरको हेटौंडाबाट काठमाडौं फर्कने क्रममा २३ साउनमा दक्षिणकालीबाट प्रहरीले पक्राउ गरेको थियो । रातोपाटीबाट