Indrenionline.com

सासूको हत्या गरेको अभियोगमा बुहारी पक्राउ

इन्द्रेणी संवाददाता

दाङ, भदौ । दाङ प्रहरीले एक जनालाई आफ्नै सासूको हत्या गरेको आरोपमा पक्राउ गरेको छ । बोक्सीको आरोपमा सासुको हत्या गरेको अभियोगमा दंगिशरण गाउँपालिका, ३ की ४० वर्षीय बुहारी टंकी रावतलाई प्रहरीले पक्राउ गरेको हो ।

तुलसीपुर उपमहागनरपालिका, ९ बेलुवा निवासी ६९ वर्षीय सासू खोपी रावतको हत्या गरेको अभियोगमा रावतलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । टंकी मृतककी साँइली बुहारी भएको प्रहरीले जनाएको छ ।

उनले सासूलाई झारफुक गर्न भन्दै गत भदौ ३ गते सल्यानको कपुरकोट लगेकी थिइन । त्यसपछि ५ गते फर्किने क्रममा कपुरकोट गाउँपालिका, २ स्थित शिवमन्दिर सामुदायिक वनमा हत्या गरेको प्रहरी समक्ष बयान दिएको प्रहरी कार्यलय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले बताए ।

झारफुक गर्न जाने भन्दै घरबाट सल्यान निस्किएको ९ दिनसम्म घरमा नफर्किएपछि बुहारीले नै हत्या गरेको भन्दै परिवारले इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए ।