Indrenionline.com

कृषकलाई औषधि ट्यांकी

तुलसीपुुर, १५ भदौ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १ ले कृषि प्रवद्र्धन कार्यक्रम अन्तर्गत कृषकहरुलाई वालीमा औषधि हाल्ने ट्याँकी वितरण गरेको छ । वडामा रहेका २१ वटा टोल विकास सँस्थालाई यस्तो ट्याँकी वितरण गरिएको हो ।

कृषकहरुको वाली सुधार गर्न र उत्पादन वढाउनका लागि यस्तो कार्यक्रम गरिएको वडाध्यक्ष लक्ष्मण भण्डारीले वताए । उनले वडामा व्यावसायिक कृषि प्रणालीको थप विकास गर्नका लागि अन्य कार्यक्रमहरु पनि सञ्चालन गरिने वताए । ट्याँकी पाएपछि उत्साहित भएका किसानहरुले व्यावसायिक खेतीतर्फ अगाडि वढ्नका लागि हौसला वढेको वताए ।

कृषक देवि अर्यालले किसानलाई सरकारले थप सहयोग गर्नुपर्ने वताउँदै ट्याँकी पाएर निकै खुसी भएको वताए । ट्याँकीले गरिब किसानहरुलाई निकै राहत भएको भन्दै किसान रते खड्काले खुसी व्यक्त गरे ।

यसैविच सो अवसरमा टोल विकास सँस्थाका वारेमा तालिम समेत दिइएको थियो । वडामा रहेका २१ वटै टोल विकास संस्थाका प्रतिनिधिहरुलाई टोल विकास संस्थाको गठन, परिचालन, काम कर्तव्य र अधिकारका वारेमा तुलसीपुर उपमहानगरपालिकाका सुचना अधिकारी झरेन्द्र खरेलले तालिम दिएका थिए ।