इन्द्रेणी संवाददाता
भदौ १३, दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले दाङको घोराहीमा आजदेखि तीन दिनसम्म कर संकलन शिविर सञ्चालन गरेको छ ।
शिविरमा व्यवसाय दर्ता र राजस्व संकलनको सेवा दिइएको छ । व्यवायहरुलाई यी कामका लागि सहज बनाउने र करको दायरामा ल्याउनका लागि सहयोग पु¥याउने उद्देश्यका साथ यो शिविर सञ्चालन गरिएको अध्यक्ष भुसालले जानकारी दिए । घोराहीस्थित संघकै कार्यालयमा सञ्चालन गरिएको शिविर भदौ १३, १४ र १५ गते सम्म सञ्चालन हुनेछ ।